गण्डकी प्रदेश जनस्वास्थ्य प्रयोगशाला स्वास्थ्य प्रयोगशाला सेवा प्रदान गर्ने गण्डकी प्रदेशको प्रमुख प्राविधिक र प्रशासनिक इकाई हो। गण्डकी प्रदेश जनस्वास्थ्य प्रयोगशालाले प्रदेश स्तरिय प्रयोगशालाहरूको माध्यमबाट गण्डकी प्रदेशमा गुणस्तरीय प्रयोगशाला सेवा (निदान र जनस्वास्थ्यसंग सम्बन्धित) प्रदान गर्दछ ।
नेपालको संविधान २०७२ अनुसार देशमा संघीयता लागू गरि सो को कायार्न्वयन गर्ने उदेश्य अनुरुप संघ, प्रदेश र स्थानीय तह गरि तीन तहको राजनीतिक तथा प्रशासनिक ईकाइहरु रहने व्यवस्था मुताविक गण्डकी प्रदेश, सामाजिक विकास मन्त्रालय मातहत प्रदेश जनस्वास्थ्य प्रयोगशाला (Province Reference Laboratory), पोखरा स्थापना भएको छ। यो प्रयोगशाला हाल सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय अन्तर्गत रहेको छ ।
The Terms of Reference will be posted soon..