महानिर्देशकको सन्देश

नेपालको संविधान २०७२ अनुसार देशमा संघीयता लागू गरि सो को कायार्न्वयन गर्ने उदेश्य अनुरुप संघ, प्रदेश र स्थानीय तह गरि तीन तहको राजनीतिक तथा प्रशासनिक ईकाइहरु रहने व्यवस्था मुताविक गण्डकी प्रदेश, सामाजिक विकास मन्‍त्रालय मातहत प्रदेश जनस्वास्थ्य प्रयोगशाला (Province Reference Laboratory), पोखरा स्थापना भएको छ। यो प्रयोगशाला हाल सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय अन्तर्गत रहेको छ । 

गण्डकी प्रदेशमा स्थापित यस प्रयोगशालाले गण्डकी प्रदेशका सम्पूर्ण सरकारी र निजि प्रयोगशालाहरुको प्रयोगशाला सेवालाई व्यवस्थित गरी, जनताको प्रयोगशाला सेवालाई भरपर्दो बनाई, गुणस्तरीयताको सुनिश्‍चित गर्नको लागि स्थापना गरिएको हो । यस प्रयोगशालाले संक्रामक रोग, नसर्ने रोग, जाँचको गुणस्तर नियन्त्रण तथा प्रयोगशालाको जनशक्तिलाई तालिम प्रदान गरी प्रयोगशालाले सम्पूर्ण रुपमा निदान सेवा, रोगको सर्भिलेन्स, अनुसन्धान लगायतका कार्यहरु गर्दछ । रोग बल्झिनु भन्दा अघि शुरुकै अवस्थामा रोगको कारण पत्ता लगाई सो को पहिचान र उपयुक्त उपचार एवं उपचारको प्रभावकारिता एकिन गर्न सहयोग पुग्‍ने गरी र रोग पुर्ण रुपमा निको भएको समेत प्रमाणीकरण गर्ने कार्य गर्दछ ।

समय सापेक्ष रुपले प्रयोगशालाका आधुनिक प्रविधिको उपयोग गरी यस प्रयोगशालाले रोगको निदान, उपचारको प्रभावकारिता र स्वास्थ्य प्रवर्द्धनका सम्पूर्ण सुचनाहरुको तथ्यलाई उजागर गरी जनताको स्वस्थ रहने अधिकारको प्रत्याभूति गराउने उद्देश्य प्राप्तीको लागि कार्य गर्दछ ।

नेपालको संविधानले स्वास्थ्यलाई जनताको मौलिक हकको रुपमा स्थापित गरेको सन्दर्भमा प्रयोगशाला सेवालाई व्यवस्थित बनाउने र राष्ट्रिय स्वास्थ्य नीति २०७६ ले अबलम्बन गरेको अबधारणा अनुरुप स्वस्थ्य तथा सुखी जीवन लक्षित सजक र सचेत नागरिकलाई प्रत्याभूति गर्नको लागि साधन श्रोतको अधिकतम एवं प्रभावकारी प्रयोग गरी प्रयोगशाला सेवामा सहकार्य र साझेधारी गरी गुणस्तरीय प्रयोगशाला सेवाको पहुँच र उपयोग सुनिश्‍चित गर्नुपर्दछ।   

महानिर्देशक