हाम्रो बारेमा

गण्डकी प्रदेश जनस्वास्थ्य प्रयोगशाला स्वास्थ्य प्रयोगशाला सेवा प्रदान गर्ने गण्डकी प्रदेशको प्रमुख प्राविधिक र प्रशासनिक इकाई हो। गण्डकी प्रदेश जनस्वास्थ्य प्रयोगशालाले प्रदेश स्तरिय प्रयोगशालाहरूको माध्यमबाट गण्डकी प्रदेशमा गुणस्तरीय प्रयोगशाला सेवा (निदान र जनस्वास्थ्यसंग सम्बन्धित) प्रदान गर्दछ ।

यस कार्यालयको मुख्य जिम्मेवारी निम्न अनुसारको कार्यहरु संचालन गर्ने/गराउने रहेको छ:

गण्डकी प्रदेश, सामाजिक विकास तथा स्वास्थ्य  मन्त्रालयको मातहत रही प्रदेशमा प्रयोगशालाहरूको माध्यमबाट गुणस्तरीय प्रयोगशाला सेवा (निदान र जनस्वास्थ्यसंग सम्बन्धित) प्रदान गर्दछ ।

· प्रयोगशालामा नयाँ सुविधाहरू अपग्रेड र स्थापना गर्ने ।
· अन्य प्रयोगशालाहरूमा उपलब्ध परीक्षणको लागि नयाँ प्रविधि स्थापना गर्ने ।
· प्रदेशमा स्वास्थ्य तालिमको प्रभावकारीता कार्यान्वयन सुनिश्चित गर्ने ।
· अनुगमन मार्फत स्वास्थ्य प्रयोगशाला सेवाहरूको समग्र क्षमता सुदृढीकरण गर्ने ।
· आवश्यकता अनुसार गुणस्तरीय उपकरणहरू खरीद गर्ने ।
· प्रदेश अन्तरगत सबै प्रयोगशालाहरूद्वारा राम्रो प्रयोगशाला अभ्यास (GLP)स्थापना गर्ने ।