अन्तर्वार्ता सम्बन्धि सूचना

सूचना

विवरण पठाउने सम्बन्धमा

प्रदेश जनस्वास्थ्य प्रयोगशाला, गण्डकी प्रदेशको स्वीकृत वार्षिक कार्यक्रम अनुसार गण्डकी प्रदेशभरिमा रहेका सरकारी तथा गैह्रसरकारी प्रयोगशालाहरुको विवरण समेटिएको “प्रदेश स्तरीय प्रयोगशाला सम्बन्धि प्रोफाइल” तयारी गर्नुपर्ने भएकोले सो सम्बन्धमा हरेक स्टान्डअलोन प्रयोगशाला साथै प्रयोगशाला रहेका स्वास्थ्य सस्थाहरुले निम्नानुसारको फारम भरिदिई सहयोग गरिदिनुहुन अनुरोध छ।

“प्रदेश स्तरीय प्रयोगशाला सम्बन्धि प्रोफाइल” किन ? 

  • प्रदेश भित्रका सम्पूर्ण स्थानिय तहमा रहेका प्रयोगशालाको विस्तृत विवरणको अभिलेख तयार गर्न
  • सर्वसाधारण तथा सेवाग्राहीहरुले प्रयोगशालाहरुको सुची हेरेर सेवा लिन जान सक्ने बनाउन
  • सरकारी तथा गैह्रसरकारी प्रयोगशालाहरुमा रहेका प्रविधि र मानब संसाधनको अभिलेख अध्यावधिक गर्न
  • कोभिड-१९ जस्तो महामारी हुँदा प्रयोगशालाहरूसग समन्वय गर्न सजिलो बनाउन
  • प्रयोगशालाहरुको भौतिक/प्राविधिक अवस्थाको जानकारी लिई आवश्यक पृष्ठपोषण गर्न
  • स्थानीयस्तरमा संचालित साना/मझौला प्रयोगशालाहरुलाई प्रदेश जनस्वास्थ्य प्रयोगशालासंगको सम्पर्क र पहुँच स्थापना गर्न।

 फारमहरू

  • सरकारी प्रयोगशालाहरुका लागि- Download
  • निजि तथा गैह्रसरकारी प्रयोगशालाहरुका लागि -Download

विस्तृत जानकारीको लागि सम्पर्क: ९८५६०३६६६३

विवरण भरिसकेपछी पठाउने इमेल ठेगाना: This email address is being protected from spambots. You need JavaScript enabled to view it.

गण्डकी प्रदेश, जनस्वास्थ्य प्रयोगशालाको वेबसाईट सन्चालन

गण्डकी प्रदेश, जनस्वास्थ्य प्रयोगशालाको वेबसाईट सन्चालनमा आएको व्यहोरा सम्बन्धित सबैमा अनुरोध गरिन्छ ।

प्रतिवेदन पठाउँने सम्बन्धमा

स्वास्थ्य  प्रयोगशाला सेवा सम्बन्धित प्रगति प्रतिवेदन पठाउँन सम्बन्धित सबै सम्बन्धित स्वास्थ्य संस्थाहरुलाई अनुरोध गरिन्छ ।